Admissions Open for 2083

के तपाईं चिकित्सा र स्वास्थ्य क्षेत्रमा एक सफल, प्रतिष्ठित र आत्मनिर्भर करियर बनाउन चाहनुहुन्छ? आफ्नो सपनालाई साकार पार्ने सही अवसर आइसकेको छ।

नवलपुरको कावासोतीमा अवस्थित कालीगण्डकी प्राविधिक शिक्षालयमा शैक्षिक सत्र २०८३/२०८४ का लागि प्राविधिक विधाका विभिन्न तर्फ नयाँ विद्यार्थी भर्ना औपचारिक रूपमा खुला भएको जानकारी गराउँदछौँ।

विगत ३० वर्षदेखि निरन्तर रूपमा प्राविधिक शिक्षा प्रदान गर्दै आएको यस शिक्षालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन प्राप्त संस्था हो। हामी विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक र प्रयोगात्मक रूपमा दक्ष बनाउन प्रतिबद्ध छौँ।

प्राविधिक चिकित्सा शिक्षा नै किन रोज्ने?

स्वास्थ्य क्षेत्र सधैं आवश्यक र सम्मानित पेशा हो। देश-विदेशमा दक्ष स्वास्थ्यकर्मीहरूको माग दिनानुदिन बढ्दै गइरहेको छ। प्राविधिक शिक्षाले तपाईंलाई पढाइ सकिने बित्तिकै रोजगारी बजारमा प्रतिस्पर्धी र आत्मनिर्भर बन्न मद्दत गर्दछ। अस्पताल, डायग्नोस्टिक ल्याब वा सामुदायिक स्वास्थ्य सेवामा जोडिएर व्यावसायिक जीवन सुरु गर्न यो सबैभन्दा उत्तम माध्यम हो।

उपलब्ध कोर्षहरू (३ वर्षे डिप्लोमा कार्यक्रम)

यस शैक्षिक सत्रका लागि हामीसँग निम्न बमोजिमका ३ वर्षे कोर्षहरू उपलब्ध छन्:

१. सामान्य चिकित्सा (HA – Health Assistant)

  • अवधि: ३ वर्ष
  • कुल सीट संख्या: ४० जना
  • प्राथमिक स्वास्थ्य सेवा, रोगको पहिचान र सामुदायिक स्वास्थ्य क्षेत्रको मेरुदण्ड बन्नुहोस्।

२. मेडिकल ल्याब टेक्नोलोजी (CMLT)

  • अवधि: ३ वर्ष
  • कुल सीट संख्या: ३० जना
  • आधुनिक प्रयोगशाला र वैज्ञानिक परीक्षणको माध्यमबाट रोग पत्ता लगाउने प्रविधिमा विशेषज्ञता हासिल गर्नुहोस्।

३. रेडियोग्राफी

  • अवधि: ३ वर्ष
  • कुल सीट संख्या: ३० जना
  • एक्स-रे, भिडियो एक्स-रे जस्ता अत्याधुनिक मेडिकल इमेजिङ प्रविधिहरू सञ्चालन गर्न सिक्नुहोस्।

हाम्रो विशेषता: प्रयोगात्मक सिकाइ र हस्पिटल एक्सपोजर

कालीगण्डकी प्राविधिक शिक्षालयमा हामी रटाउने शिक्षामा भन्दा बढी प्रयोगात्मक अभ्यासमा जोड दिन्छौँ। हाम्रा विद्यार्थीहरूले अत्याधुनिक प्रयोगशालाहरूमा अभ्यास गर्नुका साथै NPI कालीगण्डकी हस्पिटलमा प्रत्यक्ष रूपमा क्लिनिकल प्रशिक्षण र व्यावहारिक अनुभव प्राप्त गर्दछन्। यही व्यावहारिक अनुभवका कारण हाम्रा उत्पादनहरू बजारमा सहजै बिक्न सफल छन्।

समयमै आफ्नो सीट सुरक्षित गर्नुहोस्!

सबै कोर्षहरूमा सीट संख्या अत्यन्तै सीमित (सामान्य चिकित्सामा ४०, ल्याब टेक्नोलोजीमा ३० र रेडियोग्राफीमा ३० सीट) भएकोले हरेक वर्ष सीटहरू चाँडै भरिने गर्दछन्। त्यसैले ढिलो नगरी आजै हामीलाई सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस् र चिकित्सा क्षेत्रमा आफ्नो सुनौलो भविष्य सुनिश्चित गर्नुहोस्।

START STRONG, START HERE!

थप जानकारी तथा सोधपुछका लागि:

  • स्थान: कावासोती, नवलपुर
  • फोन नम्बरहरू: 078-540456 | 9847047521 | 9847135649
  • इमेल: kaligandaki052@gmail.com
  • फेसबुक पेज: Kaligandaki Prabidhik Shikshalaya

Response

  1. Subash Kunwar Avatar

    I am going to read CMLT this year!

Leave a Reply

Discover more from Kaligandaki Prabidhik Shikshalaya

Subscribe now to keep reading and get access to the full archive.

Continue reading